रियल मड्रिड फिफा क्लब विश्वकपको फाइनलमा

इजिप्टको अल अहली स्पोर्टिङ क्लबलाई पराजित गर्दै स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको सेमिफाइनलमा इजिप्टको अल अहली स्पोर्टिङ क्लबलाई ४-१ ले पराजित गर्दै रियल मड्रिड फाइनलमा प्रवेश गरेको हो ।

एकतर्फी बनेको खेलमा खेलको ४२ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिड लाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ४६ औं मिनेटमा फेडेरिको भाल्भर्देले गोल गर्दा रियल मड्रिडको अग्रता दोब्बर बन्यो ।



तर खेलको ६५ औं मिनेटमा अल अहली स्पोर्टिङ क्लब अलि मालोउलले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । त्यस्तै खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै रियल मड्रिडलाई ३-१ को अग्रता दिलाए । त्यसपछि इन्जुरी समयको आठौं मिनेटमा सेर्जियो अरिबासले गोल गर्दै रियल मड्रिडलाई ४-१ को सहज जित दिलाए । रियल मड्रिडले अब उपाधिका लागि साउदीको अल हिलालसँग खेल्नेछ ।

 

सम्बन्धित समाचार