आरआर र आँचलको एक युगको कथा बोल्ने ‘तेरी मेरी दास्ताँ’ (भिडियोसहित)

नेपाली कलाकारहरुका लागि बलिउडको यात्रा एउटा ठूलो सपना हो । चाहे ठूलो पर्दा होस्, टेलिभिजन वा सांगीतिक क्षेत्र । विशाल सम्भावना भएको बलिउडमा भाग्य चम्काउने चाहना सबैको हुन्छ ।

आजभोलि बलिउड यात्रालाई गीत संगीतले भने अलिक सहज बनाएको छ । प्रेमगीत ३ को हिन्दी भाषामाा स्वराङ्कन गरी प्रदर्शनपछि नेपाली कलाकारहरुप्रति बम्बईया समीक्षक र दर्शकहरुले राम्रो प्रतिक्रिया दिएसंगै यही फेब्रुअरी ८ मा नेपाली कलाकारहरुको अभिननय रहेको हिन्दी गीत सार्वजनिक भएको छ- ‘तेरी मेरी दास्ताँ” ।



थुप्रै हिन्दी गीतहरुलाई उत्कृष्ट भिडियो बनाएका नितिन चन्दले निर्देशन गरेको १६ औं शताब्दीको सेरोफेरोमा आधारित गीतमा नेपाली कलाकार आरआर खड्का र आँचल शर्माको मुख्य भूमिका रहेको गीत निकै उत्कृष्ट रहेको छ । म्यूजिक भिडियो एउटा सिंगो चलचित्रको प्रतिनिधित्व गरेको छ । ऐतिहासिक पृष्ठभूमिमा आधारित कथाहरू यस गीतको भिडियोमा समावेश गरिएको छ ।

गायक विनीत सिंह र प्रतिक्षा श्रीवास्तवको स्वर र मेहरको संगीत रहेको गीतको म्यूजिक भिडियोको निर्माता सतिश शाह र आशुतोष उपाध्याय रहेका छन् । गीतको कोरियोग्राफर सियोन श्रेष्ठ, डीओपी जोगेश गोराई र नवराज हुन् भने गीतको अधिकांश छायांकन जयपुरको ऐतिहासिक दरबारमा गरिएको छ भने केही अंश नेपालमा पनि गरिएको छ ।

भिडियो –

 

सम्बन्धित समाचार