सन्दीपलाई समेट्दै विश्वकप लिग–२ को लागि राष्ट्रिय टोलीको घोषणा (सूचीसहित)

नेपालको घरेलु मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय सिरिजका लागि १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र स्कटल्यान्डसँगको सिरिजकोलागि नेपाली टोली घोषणा गरिएको हो । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । घरेलु मैदानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा नेपाल रहेको छ ।



प्रशिक्षक मोन्टी देशाईले टोलीमा बलात्कार आरोप लागेका लेग स्पिनर सन्दीप लामिछानेलाई पनि समेटेका छन् । यस्तै टोलीमा सन्दीप जोरा, कुशल मल्ल र भिम सार्कीले पुनरागमन गर्दा सुर्य तामाङ पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन् । त्यस्तै आरिफ शेख, प्रतिश जी.सी,श्याम(मौसम) ढकाल र अर्जुन साउदलाई वैकल्पिकका रुपमा राखिएको छ ।

नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज आउँदो फागुन २ गतेदेखि सुरु हुनेछ । नेपालले पहिलो खेल फेब्रुअरी १४ मा नामिबियासँग, दोस्रो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग, तेस्रो खेलमा नामिबियाविरुद्ध फेब्रुअरी १८ मा र चौथों तथा अन्तिम खेल फेब्रुअरी २१ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

नेपाल २४ खेलमा १८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३० खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ ।

नेपाली टिम
रोहित पौडेल (कप्तान)
कुशल भुर्तेल
आसिफ शेख
ज्ञानेन्द्र मल्ल
कुशल मल्ल
दीपेन्द्र सिंह ऐरी
सन्दीप जोरा
सोमपाल कामी
करण केसी
ललित राजवंशी
सन्दीप लामिछाने
गुलशन झा
भिम सार्की र
सुर्य तामाङ

वैकल्पिक खेलाडी
आरिफ शेख
प्रतिश जी.सी
श्याम(मौसम) ढकाल र
अर्जुन साउद

खेलाडी सूची –

 

सम्बन्धित समाचार