इन्टर मिलानको जितमा जेरुडको निर्णायक गोल

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले विजयी भएको छ । शुक्रबार राति भएको खेलमा इन्टर मिलानले टोरिनोलाई १-० ले पराजित गरेको हो ।

इन्टर मिलानलाई जित दिलाउन ओलिभर जेरुडले निर्णायक गोल गरे । इन्टर मिलाको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियेक्को थियो । खेलको ६२ औं मिनेटमा जेरुडले गोल गर्दै एसी मिलानलाई अग्रता दिलाएका थिए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र जेरुडको निर्णायक गोलनै इन्टर मिलानलाई १-० को जित दिलाउन पर्याप्त रह्यो ।



यद्यपि दुवै टोलीले केही गोल गर्ने सुन्दर अवसर भने खेर फालेका थिए । जितसँगै इम्तर मिलान २२ खेलमा ४१ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने ३० अंक जोडेको टोरिनो सातौं स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार