फिफा क्लब विश्वकप फुटबलको उपाधि रियल मड्रिडलाई

फिफा क्लब विश्वकप फुटबलको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । शनिबार राति भएको खेलमा साउदीको अल हिलाललाई ५-३ ले पराजित गर्दै रियल मड्रिडले उपाधि जितेको हो ।

रियल मड्रिडलाई जित दिलाउन भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले समान २-२ गोल गर्दा करिम बेन्जिमाको एक गोल गरे । यता अल हिलालका लुसियानो भिट्टोले दुई गोल गरे भने मोउसा मरेगाको नाममा एक गोल रह्यो ।



प्रिन्स अब्देल्लाह स्टेडियममा भएको खेलमा खेलको १३ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको १८ औं मिनेटमा फेडेरिकोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । तर खेलको २६ औं मिनेटमा अल हिलालका मोउसाले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।

खेलको ५४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई ३-१ को अग्रता दिलाए । यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ५८ औं मिनेटमा फेडेरिको गोल मार्फत रियल ४-१ ले अघि रह्यो । खेलको ६३ औं मिनेटमा अल हिलालका भिट्टोले गोल गर्दै खेललाई ४-२ को स्थितिमा ल्याए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ६९ औं मिनेटमा भिनिसियसले गर्दै रियललाई ५-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा हिलालका भिट्टोले व्यक्तिगत दोस्रो गोल गरेपनि त्यो ढिलो भैसकेको थियो र खेल रियलले ५-३ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्यो । योसँगै रियलले कीर्तिमानी पाँचौं पटक क्लब विश्वकपको उपाधि जितेको हो । त्यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिलको फ्लामेन्गोले अल अहलीलाई ४-२ ले पराजित गर्दै तेस्रो भयो ।

 

सम्बन्धित समाचार