म्यानचेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजयी भएको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ३-१ ले पराजित गरेको हो ।

एकतर्फी बनेको खेलमा खेलको चौंथो मिनेटमा रोड्रीले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३९ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै म्यानचेस्टर सिटीको अग्रता दोब्बर बनाए । यस्तै पहिलो हाफको इन्जुरी समयमा रियाद महरेजले पेनाल्टीमा गोल गर्दा पहलो हाफमा म्तान्चेस्तर सिटी ३-० ले अघि रह्यो ।



यता खेलको ६१ औं मिनेटमा एस्टन भिल्ल्लाका ओली वाट्किन्सले गोल गर्दै खेललाई ३-२ को स्थितिमा ल्याए। त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल म्यानचेस्टर सिटीले ३-१ ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण ३ अंक प्राप्त गर्यो ।

जितसँगै म्यानचेस्टर सिटी २ खेलमा ४८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने २८ अंक जोडेको एस्टन भिल्ला ११ औं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार