नेपाल टस जितेर बलिङ गर्दै

घरेलु मैदानमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल र नामिबियाको खेल जारी रहेको छ । आज (मंगलबार) सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया खेलेका हुन् ।

टियु मैदान किर्तिपुरमा भइरहेको खेलमा नेपाल टस जितेर पहिले बलिङ गरिरहेको छ । ताजा अवस्थामा नामिबियाले २२ ओभरमा २ विकेट गुमाउँदै ८१ रन बनाएको छ । नेपालको लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान १-१ विकेट लिएका छन् ।



एकदिवसीय अन्तराष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । आज पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग, तेस्रो खेलमा नामिबियाविरुद्ध फेब्रुअरी १८ मा र चौथों तथा अन्तिम खेल फेब्रुअरी २१ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

नेपाल २४ खेलमा १८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३० खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार