नामिबियाद्वारा नेपाल सामू जितको लागि २८६ रनको लक्ष्य

काठमाडौँमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई जितको लागि २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिंग गरेको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनाएको थियो । उसका लागि माइकल भान लिङ्गेनले १३३ रनको शतकीय पारी खेले भने गेरहार्ड इरसमसलर ५६ रनको अर्धशतकीय इनिङ्ग्स खेले। त्यस्तै जेन ग्रीन ३४ रन बनाई आउट भए भने जान फ्राईलिंक र कार्ल ब्रिकेनस्टकले समान १३-१३ रन जोडे ।



नेपालका लागि करण केसीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कमी र कुशल मल्लको भागमा समान १-१ विकेट रह्यो । एकदिवसीय अन्तराष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । आज पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग, तेस्रो खेलमा नामिबियाविरुद्ध फेब्रुअरी १८ मा र चौथों तथा अन्तिम खेल फेब्रुअरी २१ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

नेपाल २४ खेलमा १८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३० खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार