एसी मिलान विजयी

च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा इटालियन क्लब एसी मिलानले प्रिमियर लिग क्लब टोटेनहमलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा एसी मिलानले टोटेनहमलाई १-० ले पराजित गरेको हो ।

एसी मिलानको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा एसी मिलानलाई जित दिलाउन ब्राहिम डियाजले निर्णायक गोल गरे । खेलको सातौं मिनेटमा डियाजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र पहिलो लेगमा एसी मिलानले खेल १-० ले आफ्नो पक्षमा पार्यो ।



यद्यपि दुवै टोलीले केही गोल गर्ने सुन्दर अवसर भने खेर फालेका थिए । जितसँगै मिलानले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ । यी दुई टोलीबीचको दोस्रो लेग मार्च ८ मा टोटेनहमको मैदान लण्डनमा हुनेछ ।

सम्बन्धित समाचार