नेपाल र स्कटल्याण्ड भिड्दै

घरेलु मैदानमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले दोस्रो खेल स्कटल्याण्डसँग खेल्दैछ । आज (शुक्रबार) सिरिजको दोस्रो खेलमा नेपाल र स्कटल्याण्ड भिड्न हुन् ।

टियु मैदान किर्तिपुरमा हुने खेल नेपाली समय अनुसार बिहान ९ बजे सुरु हुनेछ । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । आज दोस्रो खेल खेल्न लागेको नेपालले , तेस्रो खेलमा नामिबियाविरुद्ध फेब्रुअरी १८ मा र चौथों तथा अन्तिम खेल फेब्रुअरी २१ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।



नेपाल २५ खेलमा २० अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३३ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३२ खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ ।

 

सम्बन्धित समाचार