नेपाल टस जितेर बलिङ गर्दै

घरेलु मैदानमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपाल र स्कटल्याण्डको खेल जारी रहेको छ । आज (शुक्रबार) सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्याण्डको सामना गरेको हो ।

टियु मैदान किर्तिपुरमा भइरहेको खेलमा नेपाल टस जितेर पहिले बलिङ गरिरहेको छ । यो समाचार तयार स्कटल्याण्डयाले १८ ओभरमा ४ विकेट गुमाउँदै ७१ रन बनाएको छ । नेपालको लागि सन्दीप लामिछाने र कुशल मल्लले समान २-२ विकेट लिएका छन् ।



आज दोस्रो खेल खेल्न लागेको नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध फेब्रुअरी १८ मा र चौथों तथा अन्तिम खेल फेब्रुअरी २१ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

नेपाल २५ खेलमा २० अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३३ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३२ खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ ।

सम्बन्धित समाचार