स्कटल्याण्डद्वारा नेपाल सामू जितको लागि २७५ रनको लक्ष्य

काठमाडौँमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत स्कटल्याण्डले नेपाललाई जितको लागि २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिंग गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो । उसका लागि माइकल लिस्कले अविजित रहँदै १०७ रनको शतकीय पारी खेले भने ज्याक जार्भिर्सले २६ रन बनाए । त्यस्तै क्रिस्टोफर म्याकबिड र ब्रानडन म्याकमुलेनले समान २२-२२ रन जोडे ।



नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट विकेट लिए भने कुशल मल्लले २ विकेट लिँदा सोमपाल कमी, दीपेन्द्र सिंह ऎरी र कुशल भुर्तेलको भागमा समान १-१ विकेट रह्यो । सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । आज दोस्रो खेललेको नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध फेब्रुअरी १८ मा र चौथों तथा अन्तिम खेल फेब्रुअरी २१ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

नेपाल २५ खेलमा २० अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३३ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३२ खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ ।

सम्बन्धित समाचार