नेपाल टस जितेर बलिङ गर्दै

घरेलु मैदानमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपाल र नानिबियाको खेल जारी रहेको छ । आज (शनिबार) सिरिजको तेस्रो खेलमा नेपालले नामिबियाको सामना गरेको हो ।

टियु मैदान किर्तिपुरमा खेलमा नेपाल टस जितेर पहिले बलिङ गरिरहेको छ । खेल ९ बजेबाट सुरु भएको हो । आज लगातार तेस्रो जितको खोजीमा रहेको छ ।



नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो । नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा घरेलु टोलीसँग २ विकेटले पराजित भएको नामिबिया दोस्रो खेलमा स्कटल्याण्डसँग दोस्रो खेल १० विकेटको फराकिलो अन्तरले हारेको थियो ।

आज तेस्रो खेल खेल्न लागेको नेपालले चौथों तथा अन्तिम खेल फेब्रुअरी २१ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ । नेपाल २६ खेलमा २२ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३३ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३२ खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ ।

 

सम्बन्धित समाचार