नामिबियाद्वारा नेपाल सामू जितको लागि २७५ रनको लक्ष्य

काठमाडौँमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत तेस्रो खेलमा नामिबियाले नेपाललाई जितको लागि २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिंग गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको थियो । उसका लागि जान ग्रिनले ७५ रनको अर्धशतकीय पारी खेले भने पीकीं या फ्रान्सले ४९ रन बनाए । त्यस्तै लोहार्ड लौरेन्सले ४१ रङ बनाई आउट भए भने माईकल भान २२ रनमा जोडे । यस्तै कार्ल ब्रिकस्टकले २० र कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५-१५ रन बनाए ।
नामिबियाले अन्तिम ५ ओभरमा ८४ रन बनाएको थियो ।



नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसीको भागमा १ विकेट रह्यो । नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो । नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा घरेलु टोलीसँग २ विकेटले पराजित भएको नामिबिया दोस्रो खेलमा स्कटल्याण्डसँग दोस्रो खेल १० विकेटको फराकिलो अन्तरले हारेको थियो ।

आज तेस्रो खेल खेल्न लागेको नेपालले चौथों तथा अन्तिम खेल फेब्रुअरी २१ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ । नेपाल २६ खेलमा २२ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३३ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३२ खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ ।

 

सम्बन्धित समाचार