रियल मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले ओसासुनालाई २-० ले पजित गरेको हो ।

एकतर्फी बनेको खेलमा रियल मड्रिडलाई जित दिलाउन फेडेरिको भाल्भर्डे र मार्को एसेन्सियोले समान १-१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हापमा रियल मड्रिडले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गरेको थियो । खेलको ७८ औं मिनेटमा फेडेरिकोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए ।



त्यसपछि खेलको इन्जुरी समयमा एसेन्सियोले गोल गर्दै रियललाई २-० को सहज जित दिलाए । जितसँगै रियल मड्रिड २२ खेलमा ५१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहँदै शीर्ष स्थानमा बार्सिलोनासँगको अंक दुरी घटाएको छ । यद्यपि एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक रहेको छ । यता ३० अंक जोडेको ओसासुना दशौँ स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार