कोरोना संक्रमितको संख्या शून्यमा झर्यो, १५ जना सक्रिय संक्रमित

पछिल्लो चौबीस घण्टामा नेपालमा कसैमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छैन भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ६६७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १८९ जनाको पीसीआर परीक्षण र ४७८ जनाको एन्टीजेन परीक्षण गर्दा कसैमा पनि कोरोना पुष्टि नभएको हो ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार २० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८९ हजार ९८ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या १५ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख १ हजार १३३ र एन्टिजेन विधिबाट १ लाख ५२ हजार २३३ जना पुगेको छ ।

 

सम्बन्धित समाचार