बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई २-० ले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन सेर्जी रोबर्टो र रोबर्ट लेवान्डोस्कीले समान १-१ गोल गरे । खेलको ४३ औं मिनेटमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।



पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीबाट गोल भएन र खेल बार्सिलोनाले २-० ले आफ्नो पक्षमा पार्यो । जितसँगै बार्सिलोनाले २२ खेलमा ५९ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ भने २२ अंक जोडेको काडिज १७ औं स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार