स्कटल्याण्डविरुद्ध टस जितेर पहिले बलिङ गरेको नेपालको उत्कृष्ट प्रदर्शन

घरेलु मैदानमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलको रुपमा रहेको नेपाल र स्कट ल्याण्ड खेल जारी रहेको छ । आज (मंगलबार) सिरिजको चौथों तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डको सामना गरेको हो ।

टियु मैदान किर्तिपुरमा खेलमा नेपाल टस जितेर पहिले बलिङ गरिरहेको छ । खेल ९ बजेबाट सुरु भएको हो । टस जितेर पहिले बलिङ गरेको नेपालको उत्कृष्ट प्रदर्शन गरेको छ । यो समाचार तयार पार्दासम्म स्कटल्याण्डले २३ ओभरमा ५ विकेट गुमाउँदै १२४ रन बनाएको छ । नेपालको लागि सन्दीप लामिछानेले ४ विकेट लिएका छन् भने कुशल मल्लको भागमा १ विकेट रहेको छ ।



आज नेपाल लगातार चौथों जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले र तेस्रो खेलमा नामिबियालाई ३ विकेटले पराजित गरेको थियो । विश्वकप लिग-२ को विजेता स्कटल्याण्ड पनि नेपाललाई हराएर लिग-२ को सुखद अन्त्य गर्न चाहन्छ । तीन खेल बाँकी रहदै लिग-२ को च्याम्पियन बनेको स्कटल्याण्डले नेपालसँगको खेलपछि ट्रफि पाउने छ ।

नेपाल २७ खेलमा २४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३५ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३४ खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ ।

सम्बन्धित समाचार