रियल मड्रिड विजयी

स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा विजयी भएको छ । मंगलबार राति भएको खेलमा रियल मड्रिडले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई ५-२ ले पराजित गरेको हो ।

लिभरपुलको एनफिल्डमा सुरुआती अग्रता जोगाउन नसक्दा घरेलु टोली पराजित हुन पुग्यो । खेलमा चौंथो मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको १४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । तर, खेलको २१ औं मिनेटमा रियल मड्रिडका भिनिसियस जुनियरले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।



यस्तै व्यक्तिगत दोस्रो गोल खेलको ३१ औं जुनियरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ २-२ को बराबरीमा सकिएको खेलमा खेलको ४७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियल मड्रिडलाई ३-२ को अग्रता दिलाए । त्यस्तै खेलको ५५ औं मिनेटमा करिम बेन्जिमाको गोल मार्फत रियल मड्रिड ४-२ ले अघि रह्यो । त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ६७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई ५-२ को सहज जित दिलाए ।

जितसँगै रियलको अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनेको छ । यी दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा रियल मड्रिडको घरेलु मैदानमा हुनेछ ।

सम्बन्धित समाचार