सन्दीपको टी-२० बलिङ वरीयता यथावत रहँदा एकदिवसीय वरीयता खस्कियो

नेपाली क्रिकेटर सन्दीप लामिछाने सन्दीप लामिछानेको आईसीसी टी-२० बलिङ वरीयतामा यथावत रहँदा एकदिवसीय बलिङ भने वरीयता खस्कियो छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-२० बलिङको नयाँ वरीयतामा लामिछाने ७० औं स्थानमा कायम रहेका हुन् । यस्तै टी-२० बलिङमा अभिनास बोहोराको वरीयता एक स्थान तल झर्दै १०० औं स्थानमा रहेका छन् ।



त्यस्तै टी-२० ब्याटिङको नयाँ वरीयतामा दीपेन्द्र सिंह ऐरीले दुई स्थान तल झर्दै ५९ औं स्थानमा छन् । यसअघि दीपेन्द्र ५७ औं स्थानमा रहेका थिए । त्यस्तै कुशल भुर्तेल भने एक स्थान तल झर्दै ५३ औं स्थानमा छन् । यसअघि उनी ५२ औं स्थानमा रहेका थिए । टी-२० ब्याटिङतर्फ भारतका सुर्य कुमार यादव शीर्ष स्थानमा रहँदा बलिङमा श्रीलंकाका वानिन्दु हशरंगा शीर्ष स्थानमा रहेका छन् ।

त्यसैगरी एकदिवसीय अन्तराष्ट्रियको बलिङ वरीयतामा भने सन्दीप लामिछानेको एक स्थान तल झर्दै ३१ औं स्थानमा रहेका छन् । यसअघि उनी ३० औं स्थानमा रहेका थिए । यसैगरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा मपाल कामी र दीपेन्द्र सिंह ऐरीले शीर्ष १ सय भित्र अटाएका छन् ।

सोमपाल ९२ औं स्थानमा रहँदा दीपेन्द्र ९४ औं स्थानमा रहेका छन् । यस्तै एकदिवसीय ब्याटिङ तर्फ कप्तान रोहित पौडेल एक स्थान तल झर्दै ६७ औं स्थानमा , ज्ञानेन्द्र ८६ औं तथा आसिफ शेख ९४ औं स्थानमा रहेका छन् ।

ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहँदा बलिङतर्फ भारतका मोहम्मद सिराज शीर्ष स्थानमा रहेका छन् ।एकदिवसीय वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको छ ।

सम्बन्धित समाचार