त्रिवि प्राध्यापक संघको पाँचौं राष्ट्रिय महाधिवेशन चैत्रमा हुने

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी चैत्र ११, १२ र १३ गते काठमाडौंमा हुने तय भएको छ । त्रिवि प्राध्यापक संघले यस सम्बन्धी एक सूचना प्रकाशित गरी जानकारी गराएको हो । पाँचौं महाधिवेशनले संघको नयाँ नेतृत्वको चयन पनि गर्ने छ ।

पाँचौं राष्ट्रिय महाधिवेशनमा हुने नयाँ नेतृत्व चयनका लागि प्राडा ध्रुवप्रसाद भट्टराईको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन समिति पनि गठन गरिएको छ । समितिका सदस्यहरूमा प्राडा नरेन्द्र कटुवाल, प्राडा दयाराम भुसाल, उपप्रा बलदेव अधिकारी, उपप्रा मदनकुमार लुइटेल, उपप्रा अशोक थापा, उपप्रा रञ्जुकुमारी देव, उपप्रा विष्णुहरि शर्का रहेका छन् भने सदस्य सचिवका रूपमा सहप्रा सूर्यप्रसाद पौडेल रहेका छन् ।



त्रिविअन्तर्गतका आङ्गिक क्याम्पसहरूले त्रिवि प्राध्यापक संघको विधान २०६८ र त्रिवि प्राध्यापक संघ, निर्वाचन नियमावली २०६० (पहिलो संशोधन २०६८ सहित) अनुसार इकाइ समिति र राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरूको नामवलीसम्बन्धी आवश्यक कागजातहरू संघको केन्द्रीय कार्यालयमा बुझाउन बाँकी भए आउँदो फागुन २१ गतेभित्र बुझाइसक्न पनि सूचनामा उल्लेख गरिएको छ ।

विज्ञप्ति –

त्रिवि

सम्बन्धित समाचार