अभिनेत्री अधिकारीको मुद्दामा काठमाडौँ जिल्ला अदालतले दियो यस्तो आदेश

काठमाडौँ जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ । आइतबार न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले यस्तो आदेश दिएको हो ।

इजलासले सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो । अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गरेकी छिन् ।



अभिनेत्री अधिकारीले गत भदौ २८ गते नै अंशचलनको मुद्दा दायर गरेकी थिइन् । उनीहरूबीच २०७४ सालमा विवाह भएको थियो ।

सम्बन्धित समाचार