मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । ललितपुर, कोञ्ज्योसोम गाउँपालिका-४ तल्लो नल्लुस्थित नख्खु खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३८ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सिन्धुली, सुनकोशी गाउँपालिका-३ बस्ने ७० वर्षीय टेक बहादुर श्रेष्ठ सुनकोशी गाउँपालिका-५ मुलकोट नजिक सुनकोशी नदीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरबाट कोही कसैलाई नसोधी घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उनको शव फेला परेका छन् ।



यस्तै कैलाली, गोदावरी नगरपालिका-२ शान्तिटोल बस्ने २७ वर्षीय सन्तोष चौधरी आफ्नै घरबाट करिब ५ सय मिटर टाढा भाम्का खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता पाल्पा, रैनादेवी छहरा गाउँपालिका-७ र ८ स्थित कन्चन खोलामा सोही गाउँपालिका-७
जोगदमार बस्ने १७ वर्षीय भिम बहादुर राना शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार