यूएईमाथि नेपालको सानदार जित

यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले घरेलु यूएईलाई पराजित गरेको छ । सोमबार भएको खेलमा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको हो ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो । नेपालका लागि भिम सार्कीले ७० रनको अर्धशतकीय पारी खेले भने आरिफ शेख ४३ रनमा अविजित रहे । त्यस्तै कुशल मल्ल ३२ रन बनाई आउट भए भने सन्दीप लामिछानेले २७, करण केसीले १७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल र प्रतिश जिसीले समान ११-११ रन जोडे ।



यूएईका लागि जुनेद सिद्धिकीले ३ विकेट लिए भने आर्यन लाक्रा र रोहन मुस्ताफाको भागमा समान २-२ विकेट रह्यो । २३० रनको लक्ष्य लिएर मैदान उत्रेको यूएई ४५ ओभरमा अल आउट हुँदै १८७ रन मात्र बनायो । यूएईका लागि आसिफ खानले ८२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

त्यस्तै आर्यन लाक्राले ५० रनको अर्धशतकीय पारी खेले भने वृत्य अरबिन्दले १३ रन बनाउँनु बाहेक यूएईका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३-३ विकेट लिए भने आरिफ शेख,करण केसी र सन्दीप लामिछानेको भागमा समान १-१ विकेट रह्यो ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंक जोडेको यूएई छैटौं स्थानमा झरेको छ ।

 

 

सम्बन्धित समाचार