इन्टर मिलान विजयी हुँदा युभेन्ट्स पराजित

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले विजयी हुने युभेन्ट्स भने पराजित भएको छ । आइतबार राति भएको खेलमा इन्टरले मिलानले लेचेलाई २-० ले पराजित गरेको हो ।

इन्टर मिलानलाई जित दिलाउन हेनरिक मिखितारियान र लाउटरो मार्टिनेजले समान १-१ गोल गरे । एक्तार्फ्नी बनेको खेलमा खेलको २९ औं मिनेटमा हेनरिकले गोल गर्दै इन्टर मिलानलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा इन्टर मिलानले थप एक गोल गर्यो ।



इन्टर मिलान

त्यसपछि खेलको ५३ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई २-० को सहज जित दिलाए । जितसँगै इन्टर मिलान २५ खेलमा ५० अंक जोड्दै दोस्रो स्थानमा छ भने २७ अंक जोडेको लेचे १५ औं स्थानमा रहेको छ । त्यसैगरी इटालियन सिरी ‘ए’ फुटबल अन्तर्गत नै सोमबार राति भएको अर्को खेलमा युभेन्ट्सलाई रोमाले १-० ले हराएको हो । निकै पर्तिस्पर्धत्मक बनेको खेलमा रोमालाई जित दिलाउन ग्लानलुका मान्चिनीले निर्णायक गोल गरे ।

रोमा

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ५३ औं मिनेटमा मान्चिनीले गोल गर्दै रोमालाई १-० को जित दिलाए । जितसँगै रोमा २५ खेलमा ४७ अन जोड्दै तालिकाको चौथो स्थानमा छ भने समान खेलमा ३५ अंक जोडेको युभेन्ट्स सातौं स्थानमा रहेको छ ।

 

 

 

सम्बन्धित समाचार