मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमीस्थित सडक पेटीमा सिन्धुपाल्चोक घर भई हाल भक्तपुर नयाँठिमी बस्ने ५५ वर्षीय डम्बर बहादुर तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै पाँचथर, कुम्मायक गाउँपालिका-१ गैरीगाँउ घर भई हाल फिक्कल बस्ने रत्न लावतीको बंगुर फर्ममा काम गर्ने ३३ वर्षीया चनमाया तामाङ आफ्नै सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यता झापा, अर्जुनधारा नगरपालिका-६ दाँस पुल बस्ने ६८ वर्षीय तुलसी दास सापकोटा सोही ठाउँ बस्ने देवीमाया बिश्वकर्माको घरको आँगनमा गएराति मृत अवस्थामा फेला परेका छन् ।



यस्तै चितवन, भरतपुर महानगरपालिका-१ नारायणी नदी किनारमा मकवानपुर हेटौडा उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय सौरभ पाठक सोमबार मृत अवस्थामा फेला परेका छन् । उता हुम्ला, सर्केगार्ड गाउँपालिका-२ उनापानीस्थित कर्णाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यता कैलाली, भजनी नगरपालिका-९ बस्ने २६ वर्षीय पारस चौधरी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार