घरेलु मैदानमा हुने विश्वकप लिग–२ को लागि राष्ट्रिय टोलीको घोषणा, को-को परे टिममा ? (सूचीसहित)

नेपालको घरेलु मैदानमा बिहीबारबाट सुरु हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय सिरिजका लागि १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएई र पपुवा न्युगिनीसँगको सिरिजकोलागि नेपाली टोली घोषणा गरिएको हो । नेपालले सिरिजमा युएई र पपुवा न्युगिनीविरुद्ध खेल्नेछ । घरेलु मैदानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा नेपाल रहेको छ ।



नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् । नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित सिरिज भोलि (बिहीबार)देखि सुरु हुनेछ । नेपालले पहिलो खेल मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग, दोस्रो खेल मार्च १२ (फागुन २८) मा यूएईसँग, तेस्रो खेल मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग र चौथो तथा अन्तिम खेल मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाल ३२ खेलमा ३२ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने युएई ३२ खेलमा ३१ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । त्यस्तै ३२ खेलमा ९ अंक जोडेको पपुवा न्युगिनी तालिकाको पुछारमा रहेको छ ।

नेपाली टिम
रोहित पौडेल (कप्तान)
कुशल भुर्तेल
आसिफ शेख
ज्ञानेन्द्र मल्ल
आरिफ शेख
कुशल मल्ल
दीपेन्द्र सिंह ऐरी
प्रतिश जिसी
सोमपाल कामी
करण केसी
ललित राजवंशी
सन्दीप लामिछाने
गुलशन झा र
भिम सार्की

वैकल्पिक खेलाडी
सन्दीप जोरा
कमलसिंह ऐरी
श्याम ढकाल र
अर्जुन साउद

 

 

सम्बन्धित समाचार