पीएनजीविरुद्ध नेपाल ब्याटिङ गर्दै

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र पपुवा न्यु गिनी(पीएनजी)को खेल जारी रहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ । यो समाचार तयार पार्दा सम्म नेपालले ओभरमा १२ ओभरमा विना विकेटको क्षतिमा ५६ रन बनाएको छ ।



पीएनजीलाई पराजित गर्दै नेपाल घरेलु सिरिजमा सुखद सुरुआत गर्ने योजनामा रहेको छ । पीएनजी पनि घरेलु टोलीलाई हराउने योजनामा रहेको छ । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा जित आफ्नो पक्षमा पार्नु पर्नेछ ।

आज पहिलो खेल खेलेको नेपालले दोस्रो खेल मार्च १२ (फागुन २८) मा यूएईसँग, तेस्रो खेल मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग र चौथो तथा अन्तिम खेल मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाल ३२ खेलमा ३२ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने युएई ३२ खेलमा ३१ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । त्यस्तै ३२ खेलमा ९ अंक जोडेको पपुवा न्युगिनी तालिकाको पुछारमा रहेको छ ।

 

सम्बन्धित समाचार