आशिफको शतकमा नेपालद्वारा पीएनजी सामू जितको लागि २९८ रनको लक्ष्य प्रस्तुत

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी(पीएनजी) लाई जितको लागि रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव १ बलमा अल आउट हुँदै २९७ रन बनायो । नेपालको लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले ११० रनको शतकीय पारी खेले । पहिलो एकदिवसीय शतक प्रहार गर्ने क्रममा उनले ११० बलमा दुई छक्का र १२ चौका को मद्दतमा ११० रन बनाएका हुन् । त्यस्ता भिम शार्की ४४ रन बनाई आउट भए भने कुशल भुर्तेलले ४५ र कप्तान रोहित पौडेलले ३० रन जोडे । पीएनजीको लागि सेमो कामेयले ५ विकेट लिए भने रायले हेकुरेको भागमा ३ विकेट रहंदा अलेइ नाओले १ विकेट लिए ।



पीएनजीलाई पराजित गर्दै नेपाल घरेलु सिरिजमा सुखद सुरुआत गर्ने योजनामा रहेको छ । पीएनजी पनि घरेलु टोलीलाई हराउने योजनामा रहेको छ । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा जित आफ्नो पक्षमा पार्नु पर्नेछ ।

आज पहिलो खेल खेलेको नेपालले दोस्रो खेल मार्च १२ (फागुन २८) मा यूएईसँग, तेस्रो खेल मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग र चौथो तथा अन्तिम खेल मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाल ३२ खेलमा ३२ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने युएई ३२ खेलमा ३१ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । त्यस्तै ३२ खेलमा ९ अंक जोडेको पपुवा न्युगिनी तालिकाको पुछारमा रहेको छ ।

 

सम्बन्धित समाचार