नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ फागुन ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (आइतबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।