नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ फागुन ।
२९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ,घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्यायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पछिल्लो समय नेपालमा जबरजस्ती करणीका घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।