जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

५७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ, बबई गाउँपालिका-४ हस्तनापुर बस्ने ४४ वर्षीय कमल बहादुर वलीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वलीले ती महिलालाई गत फागुन ६ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पचिलू समय नेपालमा जबरजस्ती करणीका घटनाहरु बढ्दै गएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार