
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेस्थित खेतमा हाल सोही नगरपालिका- १० दिपनगर बस्ने ४० वर्षीय ध्रुव जंग शाही मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै खोटाङ, दिप्रुङचुईचुम्मा गाउँपालिका-५ वातिखुम बस्ने ४० वर्षीय उत्तम परियार सोही ठाउँस्थित सडकमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-६ लुम्बिनी विकास कोषको कम्पाउण्डभित्र भोजपुर, भोजपुर नगरपालिका-८ पोखरे बस्ने ५२ वर्षीय हस्त बहादुर तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै जुम्ला, चन्दननाथ नगरपालिका-४ मालाभिडस्थित होटल तिला कर्णालीमा बाजुरा जगनाथ गाउँपालिका-६ कोटगोती घर भएका २८ वर्षीय धिरज बिष्ट मंगलबार मृत अवस्थामा फेला परेका छन् । उता नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-१५ झरहीखोला बस्ने ४० वर्षीय ईन्द्र बहादुर थापा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यता सर्लाही, बागमती नगरपालिका-९ बस्ने १८ वर्षीय संजित बरही सोही ठाउँस्थित साना वन बिकास जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

