नवकान्तिपुर संवाददाता
काठमाडौं, २ चैत ।
घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम तथा महत्वपूर्ण खेलमा यूएईलाई पराजित गर्दै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । बिहीबार भएको खेलमा नेपालले यूएईलाई डीएल पद्दतिको आधारमा ९ रनले
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो ।यूएईका लागि असिफ खानले शतकीय पारी खेल्दै १०१ रनमा अविजित रहे भने भृत्य अरभिन्दर कप्तान मुहम्मद वासिमले अर्धशतकीय पारी खेल्दै क्रमश: ९४ र ६३ रन बनाए । नेपालको लागि दीपेन्द्र सिहना ऐरीले २ विकेट लिए भने ललित नारायण राजवंशीले, सन्दीप लामिछाने र सोमपाल कामीको भागमा समान १-१ विकेट रह्यो ।
३११ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४५ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खराब प्रकाशको कारण खेल रोकिँदा डीएलको आधारमा नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । नेपालका लागि भिम सार्की, आरिफ शेख, कुशल भुर्तेल र गुलशन झाले अर्धशतकीय पारी खेल्दै क्रमश: ६७, ५२, ५० र ५० रन बनाए । त्यस्तै कप्तान रोहित पौडेल १६ रन बनाई आउट भए भने दीपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहंदा कुशल मल्ल ५ रनमा आउट भए । यूएईका लागि जुनेद सिद्दिकीले ३ विकेट लिए भने आयान अफजल खानले २ विकेट लिँदा जाहोर खानको भागमा १ विकेट रह्यो ।
यूएईलाई पराजित गर्दै नेपाल घरेलु सिरिज क्लिन स्विप गरेको छ । पहिलो खेलमा पीएनजीलाई ५२ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईलाई १७७ रनले र तेस्रो खेलमा पुन: पीएनजीलाई ९ विकेटले पराजित गरेको थियो । यूएई भने पहिलो खेलमा पीएनजीसँग ५६ रनले दोस्रो खेलमा नेपालसँग १७७ रनले पराजित हुँदा तेस्रो खेलमा पीएनजीलाई ६ विकेटले हराएको थियो । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकपको ग्लोबल क्वालिफायर पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको थियो ।
लिग टू मा नेपाल ३६ खेलमा ४० अङ्क जोड्दै शीर्ष ३ मा रहँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्यो । यूएईले ३६ खेलमा ३३ अंक जोडेर छैटौं स्थानमा रहदै लिग टू को अन्त्य गरेको छ । यस्तै पपुवा न्युगिनी (पीएनजी) ११ अंक जोड्दै अन्तिममा रह्यो । त्यस्तै ३९ अंक बनाएको नामिबिया चौथो स्थानमा झरेको छ । स्कटल्यान्ड च्याम्पियन ३६ खेलमा ५० अंक जोड्दै बन्दै शीर्षस्थानमा छ भने ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमानले यसअघि नै जिम्बावेले यात्रा तय गरिसकेका छन् । लिगमा ३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा रहेको छ ।