स्ववियु निर्वाचन : केहीलाई छाडेर देशभरका क्याम्पसहरूमा मतदान जारी

 

स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बधन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।



करिब १४ वर्षपछि ६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गरिरहेका छन् । उपत्यकासहित  केही क्याम्पसहरूमा भने निर्वाचन स्थगित भएको छ ।

काठमाडौं उपत्यकासहित देशैभरिका क्याम्पसमा बिहान ८ बजेदेखि मतदान सुरु भएको छ भने साँझ ४ बजेभित्रमा मतदान सम्पन्न हुने गरी त्रिभुवन विश्वविद्यालयले कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन ।

सम्बन्धित समाचार