नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ चैत ।
बङ्गलादेश जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको नेपाल भारतसँग पराजित भएको छ । सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४-१ ले पराजित भएको हो ।
बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा भएको एकतर्फी खेलमा भारतको जितमा शिल्जी शाजीले ह्याट्रिक पूरा गरिन् भने पूजाले एक गोल गरिन् । नेपालका लागि वर्षा ओलीले एक गोल फर्काइन् ।
खेलको दसौँ मिनेटमा शिल्जीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकि थिइइन् । त्यस्तै खेलको ४०औँ मिनेटमा शाजीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रता दोब्बर बनाइन् । त्यस्तै खेलको ४१औँ मिनेटमा पूजा गोल गर्दै पहिलो हाफमा भारतलाई ३-० को अग्रता दिला इन् ।
तर खेलको ५४औँ मिनेटमा नेपालकी वर्षाले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याइन् । त्यसपछि खेलको ८०औँ मिनेटमा शाजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४-१ को सहज जित दिलाइन् । जितसँगै भारतले पहिलो खेलमा ३ अङ्क जोडेको छ ।
प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भूटान र रसियाको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बुधबार भूटानसँग खेल्नेछ ।