अर्जुननरसिंह केसी : एउटा साझा व्यक्तित्व

अर्जुननरसिंह केसी नेपाली राजनीतिमा एउटा सुपरिचित नाम हो । उनको राजनैािक व्यक्तित्व नेपाली काङ्ग्रेस पार्टीसँग मात्र सीमित छैन । आफ्नो बौद्धिक, सदाचार र सन्तुलित व्यवहारका कारण उनी कुनै पार्टीविशेषको मात्र होइन, सबै नेपालीका साझा धरोहरका रूपमा उभिएका छन् । संघीय संसदमा उनको उपस्थितिले संसदकै गरिमा बढाएको भान हुन्छ ।

उनी स्पष्ठ वक्ता पनि हुन् । नेपाली काङ्गे्रस पार्टीभित्र पनि उनको समन्वयनकारी भूमिका उल्लेखनीय मानिन्छ । उनी सबैलाई मिलाएर लान सके मात्र पार्टीलाई गतिशील र समयसापेक्ष बनाउन सकिने कुरामा विश्वास राख्दछन् । पार्टीभित्रको हैकमवादी प्रवृत्तिको भने उनी विरोधी हुन् ।



नेपालको राजनीतिमा लामो समय बिताएका नेता केसी स्वच्छ छवि भएका व्यक्तित्व पनि हुन् । उनी पटक पटक मन्त्री भएर विभिन्न मन्त्रालय सँभालेको भए पनि उनले आफ्नो व्यक्तित्वमा कुनै दाग लाग्न दिएका छैनन् । उनको यही निर्दोष आचरणका कारण कहिलेकाहीँ कुनै स्वार्थ समूहसँग तालमेल नमिल्दा पार्टीभित्र उनलाई किनाराकृत गर्ने प्रयास पनि गरिन्छ ।

केसी नुवाकोटको क्षेत्र न २ बाट प्रत्यक्षमा निर्वाचित सासंद हुन । नेपालको राजनीतिमा दलहरूको समीकरण फेरिएसँगैं नयाँ बन्ने मन्त्रीमण्डलमा नेपाली काङ्ग्रेसले सहभागिता जनाउने सङ्केत दिइसकेकोले पनि पार्टीको तर्फबाट नयाँ मन्त्रीमण्डलमा केसीको सम्भावना बलियो देखिन्छ । केसी आफैं पनि राजनीतिक जीवनको उत्तरार्धमा जनताले प्रत्यक्ष अनुभूति गर्ने केही राम्रा काम गरेर देखाउने अभिलाषा राख्दछन् । त्यसका लागि उपयुक्त वातावरण बन्नुपर्ने कुरालाई भने नकार्न सकिन्न ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएसँगै यथाशीघ्र मन्त्रीमण्डलको पुनर्गठन हुनेछ । सरकार गठन र विगठनका खेलले जनता वाक्क बनेका बेला जनताको मन जित्न जनताका साझा मुद्दामा केन्द्रित हुन पनि मन्त्रीमडलमा अनुभवी र ऊर्जावान व्यक्तित्वहरू पुग्नु जरुरी हुन्छ । जनताको मनमा आशाको सन्देश सञ्चार गर्न पनि केसीजस्ता व्यक्तित्वहरूको खाँचो खड्किन सक्छ । मन्त्रीमण्डल पुनर्गठन गर्दैगर्दा प्रधानमन्त्री प्रचण्ड र ठूलो दल काङ्ग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले यस कुरालाई पक्कै पनि मनन् गर्नेछन् ।

सम्बन्धित समाचार