नवकान्तिपुर संवाददाता
काठमाडौं, १० चैत ।

मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (शुक्रबार) बिहान ९ बजेर ५१ मिनेटमा मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको जानकरी दिएको छ । भूकम्पको धक्का मुगु लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा समेत महसुस गरिएको थियो ।
पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ । भूकम्पबाट क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

