फिफा वरियतामा नेपालको सुधार, कुन स्थानमा छ ?

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाली महिला टोलीले सुधार गरेको छ । शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपालले तीन स्थान सुधार गर्दै १०० औं स्थानमा उक्लिएको छ ।

नेपाल यसअघिको वरीयतामा १०३ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरियतामा भने नेपाल २०औँ स्थानमा छ ।



त्यस्तै नयाँ वरीयताको शीर्ष स्थानमा अमेरिका रहेको छ भने जर्मनी दोस्रो, तेस्रोमा स्विडेन, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा फ्रान्स रहेका छन् । यस्तै छैटौंमा क्यानडा, सातौंमा स्पेन, आठौंमा नेदरल्यान्ड्स , नवौंमा ब्राजिल र दशौं स्थानमा अस्ट्रेलिया रहेका छन् ।

सम्बन्धित समाचार