नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । रुपन्देही, ओमसतिया गाउँपालिका-२ कर्बला डाँडास्थित खेतमा सोही ठाउँ बस्ने ६८ वर्षीय बलिराम केवट शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै म्याग्दी, धौलागिरी गाउँपालिका-७ धारापानि बस्ने ६८ वर्षीय लालु थापा सोही ठाउँस्थित धारापानी सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता सुनसरी, बराहक्षेत्र नगरपालिका-४ धनपुरीस्थित चतरा झुम्का नहरमा सोही ठाउँ बस्ने ५२ वर्षीय भागवत चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै कैलाली, लम्कीचुहा नगरपालिका-८ डम्मरीया बस्ने ७२ वर्षीय पहले बिष्ट सोही नगरपालिका-८ बचैलास्थित नालीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । उता पर्वत, जलजला गाउँपालिका-८ लस्तिस्थित कालीगण्डकीको किनारमा भारत आन्द्रा प्रदेश घर भएकी ४८ वर्षीया सिरिसा मोरला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

