भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा

नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा भुटानसँग १-१ को बराबरी खेल्दै नेपाल उपाधि नजिक पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा भुटानले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । खेलको २० औँ मिनेटमा दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडमार्फत गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए ।



पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा नेपालले एक गोल फर्कायो । खेलको ९० औँ मिनेटमा नेपाललका दीपकराजसिंह ठकुरीले एक गोल गरेपछि खेल १–१ गोलको बराबरी सकियो । निशान खड्काको कर्नरमा अनन्त तामाङले हेडरमार्फत उपलब्ध पासमा दीपकले हेडमार्फत गोल गरेका थिए ।

यसअघि चैत ८ गते भएको पहिलो खेलमा नेपालले लाओसलाई २-० ले परािजत गरेको थियो । जितसँगै फाइनल खेलमा नेपाल र लाओस भिड्ने छन् । नेपाल चार अङ्कसहित शीर्ष स्थानमा छ भने लाओस तीन अङ्काका साथ दोस्रो स्थानमा छ । यता भुटान भनेएक अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

फाइनल खेल यही चैत १७ गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।

सम्बन्धित समाचार