आज कति कोरोना संक्रमित थपिए ? यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १ हजार ३३० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ५३० जनाको पीसीआर परीक्षण गर्द २५ जनामा र ८०० जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएका छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार २० पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको संख्या ९ लाख ८९ हजार १६५ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या १०३ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख १ हजार २८८ र एन्टिजेन विधिबाट १ लाख ५२ हजार २९५ जना पुगेको छ ।

 

सम्बन्धित समाचार