एसइई परीक्षा शुक्रबारदेखि

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १७ गते शुक्रबारदेखि सुरु हुँदैछ । चैत १७ देखि आरम्भ भएको परीक्षा २९ गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षामा देशभरिका पाँच लाख १६ हजार ५७७ जना सहभागी हुनेछन् । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो ।



प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ । कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसारे प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् ।

अनिवार्य विज्ञान विषयको नतिजामा सुधार ल्याउने उद्देश्यले यस पटक एसइईमा विज्ञान विषयको परीक्षा अगाडि एक दिन बिदा दिइएको छ । चैत २१ गते बिदा दिएर चैत २२ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन गरिने भएको छ ।

(गोपबाट)

सम्बन्धित समाचार