मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । चितवन, माडी नगरपालिका-९ टमट्टा बस्ने ४७ वर्षीय शिव प्रसाद भण्डारी आफ्नै बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै काठमाडौं, नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ लाली गुरासटोल बस्ने ५५ वर्षीय प्रदीप शेरचन आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता दार्चुला, ब्यास गाउँपालिका-६ बडुघाटस्थित महाकाली नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै कपिलवस्तु, यसोधरा गाउँपालिका-२ सोनवर्षीस्थित आँपको बगैचामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका-६ बौद्ध सिद्धार्थ हल ओरालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी पाँचथर, फालेलुङ गाउँपालिका-८ बस्ने ३९ वर्षीया अमृता केरुङ माबो सोही गाउँपालिका सेसेलुङस्थित काफे भिरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार