नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ चैत ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९१५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ३०० जनाको पीसीआर परीक्षण गर्द ३७ जनामा र ६१५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएका छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार २० पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको संख्या ९ लाख ८९ हजार १६५ जना पुगेको छ । यस्तै आज १७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८९ हजार १८२ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२३ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख १ हजार ३२५ र एन्टिजेन विधिबाट १ लाख ५२ हजार ३०० जना पुगेको छ ।