त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघद्वारा घटनाको भत्सर्ना

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, केन्द्रीय समितिले एक विज्ञप्ति प्रकाशन गरी प्राध्यापक पशुपति अधिकारीमाथि भएको सांघातिक आक्रमणप्रति आपत्ति जनाउँदै भत्सर्ना गरेको छ । विज्ञप्तिमा भनिएको छ– ‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद विभागका निर्देशक तथा स्ववियु निर्वाचन समिति २०७९ का सदस्य सचिव प्रा.पशुपति अधिकारीमाथि मिति गत चैत १५ गते त्रिवि पदाधिकारीहरूकै उपस्थितिमा भएको सांघातिक आक्रमणको घटनाप्रति त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

विश्वविद्यालयका समस्यारत विषयहरू वार्ता तथा छलफलको माध्यममार्पmत समाधान हुनु पर्नेमा विभिन्न उद्देश्य राखी आप्mना मागहरू पूरा गराउन भौतिक आक्रमणमा उत्रिनु अपराधिक क्रियाकलापबाहेक केही हुन सक्दैन । पछिल्लो समयमा यस्ता घटनाहरू निरन्तर जसो घटिरहनुले विश्वविद्यालयको शैेक्षिक, प्रशासनिक तथा अनुसन्धानात्मक गतिविधिहरू निर्भयका साथ संचालन गर्न असमर्थ हुँदै जाने वातावरणको विकास गर्दछ ।’



संघका सभापति प्राडा वसन्त ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ– ‘विश्वविद्यालय विशुद्ध ज्ञान आर्जन गर्ने थलो हो भन्ने सर्वमान्य विश्वव्यापी सिद्धान्तलाई धज्जी उडाउने गरी जो कोहीबाट पनि हुने यस्ता अवाञ्छित गतिविधिहरूप्रति त्रिवि प्राध्यापक संघ प्रष्ट रूपमा घोर भत्सर्ना गर्दछ ।’

‘उक्त घटनाका दोषीहरूलाई कानुनी कारवाहीका लागि सम्बन्धित पक्ष समक्ष यस संघ जोडदार माग गर्दछ । साथै यस्ता घटनाहरूप्रति बेलैमा सजग रहन र आम प्राध्यापकहरूको सुरक्षाप्रति संवेदनशील रहन त्रिवि प्रसाशन समक्ष यस संघ विशेष ध्यानाकार्षण गराउँदछ’ विज्ञप्तिमा भनिएको छ ।

 

सम्बन्धित समाचार