मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-३ टौखेल बुद्धबिहार टोल डेरा गरी बस्ने ललितपुर, भैंसेपाटी घर भएका ५१ वर्षीय पन्चमान तामाङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै धनकुटा, छथरजोरपाटी गाउँपालिका-२ तल्लो सल्ले बस्ने २१ वर्षीया सुनिता लिम्बु राना सोही ठाउँस्थित अलैची बारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता तनहुँ, बन्दिपुर गाउँपालिका-५ याम्पा फेदीखोलास्थित मर्स्याङदी नदीमा हाल नाम, थर , वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै स्याङ्जा, कालिगण्डकी गाउँपालिका-१ पुलक्याम्पस्थित कालिगण्डकी नदी किनारमा सोही ठाउँ घर भई पाल्पा तानसेन नगरपालिका-५ बस्ने ३८ वर्षीय देव बहादुर सोमै बिहीबार मृत अवस्थामा फेला परेका छन् । उता चितवन, माडी नगरपालिका-९ बगई बस्ने राम रानाभाटको १८ महिनाको छोरा प्रदिप रानाभाट आफ्नै घर नजिकै रहेको कुलोको हिम पाईपमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार