नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ चैत ।

दोलखाको सुरी र लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (शनिबार) बिहान ११ बजेर ३९ मिनेटमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको जानकरी दिएको छ ।
यसअघि शनिबारै दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ । भूकम्पबाट क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

