आईपीएलमा पन्जाब र लखनउको विजयी सुरुवात

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) टी -२० क्रिकेटमा पन्जाब किंग्स र लखनउ सुपर जायन्ट्स विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा पन्जाबले कोलकत्ता नाईट राईडर्सलाई डिएल मेथडमा ७ रनले पराजित गर्यो भने दोस्रो खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको हो ।

पन्जाबले घरेलु मैदान मोहालीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । पन्जाबका लागि भानुका राजपाक्षेले ५० रनको अर्धशतकीय पारी खेले भने कप्तान शिखर धवनले ४० रन जोडे । त्यस्तै साम करनले २६ रनमा अविजित रहँदा जितेश शर्माले २१ रन बनाए । कोलकत्ताको लागि टिम साउथीले ३ विकेट लिए भने सुनिल नारायण, उमेश यादव र बरुण चक्रवतीको भागमा समान १-१ विकेट रह्यो ।



पन्जाब

१९२ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकत्ताले १६ ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएर ब्याटिङ गरिरहँदा बर्षाका कारण खेल रोकिएको थियो । तर वर्षा नरोकीएपछि खेल पन्जाबले डीएल मेथडका नुसार ७ रनले जित्यो । कोलकत्ताका लागि आन्द्र रसेलले ३५ रन बनाए भने वेंकटेस अय्यरले ३४ रन जोडे । यस्तै कप्तान नितिश राणाले २४ रन बनाई आउट भए भने रहमनउल्लाह गुर्वाजले २२ रन बनाए ।

पन्जाबका लागि अर्शदिप सिंहले ३ विकेट लिए भने राहुल चहर, नाथन एलिस, सिकन्दर राजा र साम करनको भागमा समान १-१ विकेट रह्यो । जितसँगै पन्जाब २ अंकका साथ तेस्रो स्थानमा छ भने अंक बिहिन कोलकत्ता चौथो स्थानमा रहेको छ ।

कोलकत्ता नाईट राईडर्स

त्यसैगरी शनिबार राति भएको अर्को खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लखनउको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलू टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । लखनउका लागि ओपनर कायल मेयर्सले ७३ रनको अर्धशतकीय पारी खेले भने निकोलस पुरनले ३६ रन बनाए । त्यस्तै आयुष बदोनी १८ दिपक हुडाले १७ रन जोडे । यस्तै कुर्नाल पाण्ड्याले १५ रनमा अविजित रहे । दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले समान २-२ विकेट लिए भने अक्षर पटेल र कुलदिप यादवको भागमा समान १-१ विकेट रह्यो ।

१९४ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि कप्तान डेभिड वार्नरले ५६ रनको अर्धशतकीय पारी खेले भने राईली रउसोले ३० र पृथ्वी शाले १२ रन जोड्नु बाहेक अन्यको प्रदर्सः उल्लेखनीय रहेन।

लखनउ

लखनउका लागि मार्क उडले ५ विकेट लिए भनेआवेस खान र रवि बिष्नोईको भागमा समान २-२ विकेट रह्यो । जितसँगै लखनउ २ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ भने अंकबिहिन दिल्ली छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स दिउँसो पौने चार बजे आमने सामने हुनेछन् भने दोस्रो खेलमा पौने आठ बजे मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् ।

दिल्ली क्यापिटल्स

सम्बन्धित समाचार