आईपीएलमा राजस्थान र बैंगलोरको विजयी सुरुवात

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेका छन् । आइतबार भएको पहिलो खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई ७२ रनले र दोसो खेलमा मुम्बई इन्डियन्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेकी हुन् ।

हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । राजस्थानको लागि कप्तान सन्जु सामसन, जस बटलर र यशस्वी जैसवालले अर्धशतकी बनाएका थिए । सामसनले ५५, र बटलर र जैसवालले समान ५४-५४ रनको योगदान दिएका थिए । त्यस्तै शिमरन हिटमायर २२ रनमा अविजित रहे । हैदराबादको लागि फाजल्हक फारुकी र टि नटराजनले समान २-२ विकेट लिँदा उमरन मालिकको भागमा १ विकेट रह्यो ।



राजस्थान रोयल्स

२०४ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको हैदराबाद निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रनमात्र बनाउन सक्यो । हैदराबादको लागि अब्दुल समद ३२ रनमा अविजित रहँदा मयंक अग्रवालले २७ रन बनाए । यस्तै उमरन मालिक १९ रनमा अविजित रहँदा अदिल रसिदले १८ र ह्यारी ब्रुकले १३ रन जोडे ।

हैदराबादलाई सस्तैमा समेट्न युजभेन्द्र चाहलले ४ विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिँदा रविचन्द्र आश्विन र जेसन होल्डरको भागमा समान १-१ विकेट रह्यो । जितसँगै २ अंक जोडेको राजस्थान शीर्ष स्थानमा छ भने अंक विहिन हैदराबाद तालिकाको पुछारमा रहेको छ ।

हैदराबाद

त्यसैगरी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत नै आइतबार राति भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

बैंगलोरको घरेलु मैदान एम चिन्नास्वामी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । खराब सुरुवात गरेको मुम्बईको इनिंग्स तिलक बर्माले उकासेका थिए । उनले ८४ रनमा अविजित रहँदै अर्धशतकीय पारी खेले भने निहाल वाधिराले २१ रन बनाए । यस्तै अर्सद खानले १५ रनमा अविजित रहँदा सुर्यकुमार यादवले १५ र ईसान किसनले १० रन जोडे । बैंगलोरका लागि कर्ण शर्माले २ विकेट लिँदा मोहम्मद शिराज, रिस टोप्ली, आकाश दीप, हर्षल पटेल र माइकल ब्रेसवेलको भागमा समान १-१ विकेट रह्यो ।

बैंगलोर

१७२ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको बैंगलोरले १६ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गर्यो । कोहली र प्लेसिसले पहिलो विकेटको लागि १४८ रनको शतकीय साझेदारी गर्दै टोलीलाई जितको आधार तयार पारेका थिए । कोहली अविजित रहँदै ८२ र कप्तान फफ डु प्लेसिस ७३ रन को अर्धशतकीय पारी खेले भने ग्लेन म्याक्सवेल १२ रनमा अविजित रहे । मुम्बईका लागि क्यामरन ग्रीन र अर्शद खानले समान १-१ विकेट लिए ।

मुम्बई

जितसँगै बैंगलोर २ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ भने अंकबिहिन मुम्बई आठौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत् आज लखनौ सुपर जाइन्ट्स र चेन्नाई सुपर किंग्स भिड्दै छन् । उनीहरुबीचको खेल नेपाली समय अनुसार पौने आठ बजे सुरु हुनेछ ।

 

 

सम्बन्धित समाचार